राजनीति

एमाले प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्त

नवलपुर टुडे
२०८० फाल्गुन २२ | मध्यान्ह ०४:११ बजे

काठमाडौँ, फागुन २२ । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् ।

प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन् । बर्तौला यसअघि सचेतक रहेका थिए ।

त्यस्तै सांसद सुनिता बराल सचेतक बनेकी छन् । उनी समानुपातिक सांसद हुन् । बर्तौला मकवानपुर – २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनले नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेर निर्वाचित भएका हुन् । त

बर्तौला र बराल दुवै अनेरास्ववियुको पृष्ठभूमिबाट राजनीतिमा उदाएका युवा नेता हुन् ।

कमेन्टहरु