मोरङ्गको पथरीशनिश्चरेमा १५ वर्षीय बालिकाको अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या

नवलपुर टुडे


मोरङ, फागुन २२ । मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ।
खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको हो। दुई वर्ष अगाडीदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बसेर पञ्चायत माविमा कक्षा ७ मा अध्ययन गर्दै आएकी बालिकाको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठउपरीक्षक नवराज कार्की पनि आइपुगेका छन्। घट्नाको अवस्था जटिल रहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्नु नसकेकोले तालिम प्राप्त कुकुर कोशी अञ्चल प्रहरी कार्यालय धरानबाट (के नाइन) कुकुर ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड
अरुपनि पढ्नुहोस
सबै
कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
















