टी-२० को फाइनल आज : उपाधिका लागि नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा हुँदै

नवलपुर टुडे
२०८० फाल्गुन २२ | बिहान ०७:११ बजे

काठमाडौं,फागुन २२ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन् । खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
यसअघि समूह चरणको अन्तिम खेल अस्ति वर्षाका कारण पूरा हुन नसकेपछि नामिबिया र नेदरल्यान्ड्सले १–१ अङ्क बाँडेका थिए । नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुगेको हो । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।


















