नवलपुरको देवचुलीबाट नाबालिक बलात्कारको आरोपमा २ जना बालक पक्राउ

नवलपुर टुडे
२०८० फाल्गुन २१ | मध्यान्ह ०५:११ बजे

कावासोती, फागुन २१ । नवलपुरको देवचुलीबाट जवरजस्ती करणी गरेको आरोपमा २ जना बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवचुली नगरपालिका घर भएका २ जना बालकहरु रहेका छन् ।
उनीहरुलाई नाबालिक माथी करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन कुमार शर्माले जानकारी दिए । उनका अनुसार फागुन ७ गते स्थानीय ५ बर्षिया नाबालिकालाई चकलेट दिई ललाईफकाई नजिकैको जंगलमा लगेर करणी गरेको भन्दै बालिकाको आफन्तले उजुरी दर्ता गरेका थिए । आरोपित बालकहरु दुबै जना १३ वर्षका हुन् ।
घटना फागुन ४ गते भएको थियो । प्रहरीले आरोपित बालकहरुलाई तेस्राे दिनमा उनीहरुको घरबाटै नियन्त्रणमा लिएको हो । पक्राउ परेका बालकहरु कक्षा ६ र कक्षा ७ मा अध्ययनरत छन् । उनीहरुलाई बाल निगारानीमा राखी म्याद थप गरी अनुसन्धान भैरहेको शर्माले बताए ।























