राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ

नवलपुर टुडे


काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । सङ्घीय संसद् नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरूले सोमबार शपथ लिएका हुन् । रिक्त २० जना राष्ट्रियसभा सदस्यमध्ये १९ जना सांसदहरूले राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालबाट शपथ लिएका हुन् ।
उनीहरू गत माघ ११ गते भएको निर्वाचनबाट निर्वाचित भएका थिए । बाँकी एक जना सदस्यले भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएपछि मात्र शपथ लिनेछन् । सोमबार शपथ लिने सांसदहरूमा रुक्मिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुङ्गाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा रहेका छन् ।
त्यसैगरी पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, रेणु चन्द, नारायणदत्त भट्ट र बलदेव बोहरा रहेका छन् ।

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
अरुपनि पढ्नुहोस
सबै
महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
















