राजनीति

नयाँ सत्ता गठबन्धनको बैठक बालुवाटारमा

नवलपुर टुडे
२०८० फाल्गुन २१ | बिहान ११:११ बजे

काठमाडौं । एमालेसहितको नयाँ सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन्।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमालेसहितका दलसँग नयाँ गठबन्धन अघि बढाएका छन् । वर्तमान सत्ता गठबन्धन टुटेसँगै नयाँ मन्त्रीपरिषद् गठन गर्ने प्रधानमन्त्रीले तयारी थालेका छन्।

सोही विषयमा प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेका छन्। नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन्।

कमेन्टहरु