धनुषामा विष्णु पौडेललाई २०० सय किलोको मालाले स्वागत

जगत ठाडा मगर
२०८० फाल्गुन २० | मध्यान्ह १२:११ बजे

जनकपुरधाम, फागुन २० । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई जनकपुरधाममा दुई सय किलोको मालाले स्वागत गरिएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा सहभागी हुन आएका पौडेललाई जनकपुर विमानस्थलमा पार्टीका कार्यकर्ताले दुई सय किलोको माला लगाएर स्वागत गरेका हुन् ।
जनकपुरधाम उपमहानगर कमिटीले तयार गरिएको उक्त माला खासमा अध्यक्ष केपी शर्मा ओलीका लागि थियो । तर, ओली नआएर कार्यक्रममा सहभागी हुन विष्णु पौडेल आएपछि उनलाई माला लगाइदिएको धनुषा अध्यक्ष राजकिशोर यादवले बताए ।






















