सर्लाहीबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक जना पक्राउ

जगत ठाडा मगर
२०८० फाल्गुन १८ | मध्यान्ह १२:११ बजे

सर्लाही, फागुन १८ । सर्लाहीको लालबन्दी नगरपालिका-१४ लखन्देही खोलास्थितबाट स्रोत नखुलेको नगद १४ लाख १० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका-१४ बस्ने ४६ वर्षीय धन बहादुर पाख्रिन रहेका छन् ।
प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले प्र.२-०३-०११ प ८३५७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाख्रिनको साथबाट उक्त रकम बरामद गरिएको हो ।
बरामद गरिएको रकमसहित पाख्रिनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।























