मुख्य समाचार

आजदेखि भरतपुर भ्रमण वर्ष सुरु, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै

जगत ठाडा मगर
२०८० फाल्गुन १८ | बिहान ०७:११ बजे

चितवन, फागुन १८ । आजदेखि भरतपुर भ्रमण वर्ष २०२४ सुरु हुँदैछ । आज दिउँसो १ बजे नारायणी नदी किनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारीक रुपमा उद्घाटन गरेर भरतपुर भ्रमण वर्ष २०२४ सुरु गरिने छ ।

भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड हिजो नै चितवन आइपुगेका छन् । कार्यक्रममा प्रधानमन्त्री दाहालसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने भएका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल सहभागी हुँदै छन् ।

भरतपुर महानगरपालिकाको आयोजना र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा भ्रमण वर्ष मनाउन लागिएको हो । ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाउन लागिएको भ्रमण वर्षमा पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने महानगरको लक्ष्य छ ।

कमेन्टहरु