रौतहटमा ट्याक्टर चालकलाई धम्क्याउँदै पैसा माग्ने एकजना पक्राउ

अशोक यादव


रौतहट । रौतहटको कटहरिया नगरपालिकामा ट्याक्टर चालकलाई धम्क्याएर पैसा उठाउने कार्यमा संलग्न एक जना युवक पक्राउ परेका छन् । उखु लोड रहेको ट्याक्टर रोकेर चालकसँग पैसा माग्ने कटहरिया २ वर्ष २२ का सुमन राय यादवलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको हो ।
उनी विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थमाई आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालले बताए । बाराबाट उखु लोड गरी कटहरिया ८ स्थित बाबा बैजुनाथ चिनिमिल तर्फ गइरहेको ट्याक्टर कटहरिया ३ बिर्ती प्रष्टोका र हाथियाहि गाउँको बिचमा बुधवार राती ९ बजे आरोपी यादवले रोकेर जबर्जस्ती पैसा मागेका थिए ।
स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ट सई अरूण कुमार सिंहको कमाण्डमा गएको टोलीले यादवलाई पक्राउ गरी रातिनै इलाका प्रहरी कार्यालय गरुडा पठाएको थियो।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















