करिब ९१ ग्रामको सुन जस्तो देखिने धातुको गरगहनासहित विमानस्थलबाट एकजना पक्राउ

जगत ठाडा मगर
२०८० फाल्गुन १७ | मध्यान्ह १२:११ बजे

काठमाडौं, फागुन १७ । सुनजस्तो देखिने पहेँलो रङको धातुको गरगहनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ मा बस्दै आएका ५२ वर्षीय नारायणकृष्ण श्रेष्ठ छन् ।
बुधबार राती नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका श्रेष्ठलाई करिब ४६ ग्राम २० मिलिग्राम तौलको औँठी दुईथान र ४५ ग्राम ३६ मिलिग्राम तौलको सिक्री एकथानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पाइन्टको गोजीमा लुकाइछिपाइ भन्सार छली लैजान लागेको उक्त धातुसहित विमानस्थलको आगमन टनेल गेटबाट उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।























