निजगढ वर्कसप विस्फोट: थप दुईको मृत्यु

नवलपुर टुडे


बारा, फागुन १५ । निजगढ नगरपालिका–७ मा सोमबार शङ्कास्पद बस्तु विस्फोट हुँदा थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनुको सङ्ख्या तीन पुगेको छ ।
घटनामा गम्भीर घाइते भएकामध्येवीरगञ्जमहानगरपालिका–९ बस्ने २० वर्षीय रितु रजत र भारतको मोतिहारी जिल्ला ढाका थाना गवाई गाँव बस्ने ३५ वर्षीय राकेश जयसवालको मृत्यु भएको छ ।
वीरगञ्जस्थित नेपाल मेडिसिटी व्योधा अस्पतालमा उपचारको क्रममा रजतको सोमबार राति पौने १० बजे र जयसवालको मङ्गलबार बिहान ७ः३० बजे मृत्यु भएको हो ।
निजगढ नगरपालिका–७ मा रहेका रोहित वर्कसप लेथका सञ्चालक सोही ठाउँ–५ का ४५ वर्षीय रेशम मगरको सोही अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो ।
यसैगरी, गम्भीर घाइते भारतको रामगढवा बस्ने २० वर्षीय अरविन साहको आईसियू कक्षमा उपचार भइ रहेको छ भने वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोज देवान र निजगढ नगरपालिका–५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको सामुदायिक अस्पताल निजगढमा उपचार भइ रहेको बारा प्रहरीले जनाएको छ ।
आईसियूमा उपचाररत साहको अवस्था गम्भीर छ भने देवान र थापाको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने बताउनुभयो ।
दुई जना पक्राउ
सो घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो १२ बजे (हाई एक्सफ्लोसिप) शङ्कास्पद बस्तु ग्यासले काट्ने क्रममा विस्फोट हुँदा भएको घटनाको अनुसन्धानका क्रममा कवाडी खरिद गर्ने भारत मोतिहारी जिल्ला बस्ने अन्दाजी ४० वर्षीय राज भनिने रमेश जैसवाल र कवाडी बिक्री गर्ने निजगढ नगरपालिका–९ बस्ने २९ वर्षीय टिकाराम पाख्रिङलाई पक्राउ गरिएको हो । डिएसपी न्यौपानेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















