पोखरा महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु, एक बेपत्ता

नवलपुर टुडे


कास्की । कास्की जिल्ला पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता एकको शव सशस्त्र प्रहरीले निकालेको छ भने अन्य एकको खोजी कार्य जारी छ ।
माछा मार्न गएका ५ जनामध्ये सोही महानगरपालिका– १ कसेरी बस्ने ४० वर्षका मृत मंगा तामाङको शव ढुङ्गामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गएको गोताखोर र विपद् उद्धार टिमसहितको फौजले गए राती पौने १ बजे शव निकालेको हो ।
सोही ठाउँ बस्ने ४३ वर्षका रक्सेस तामाङको गोताखोर र विपद् उद्धार टिमले खोजी कार्य जारी राखेको छ । शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















