प्रचण्ड र ओली निरन्तर संवादमा

पत्रपत्रिकाबाट


काठमाडौं, फागुन १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटघाट बालुवाटार र सिंहदरबारबाहिर पनि पटकपटक भएका छन् । माघ अन्तिम साता बालुवाटारस्थित एक व्यापारीको घरमा दुई नेता बीच करिब दुई घण्टा भेट भएको थियो ।
त्यसको चाँजोपाँजो मिलाउने जिम्मा माओवादीका तर्फबाट उपमहासचिव वर्षमान पुन र एमालेका तर्फबाट सचिव रघुवीर महासेठले पाएका थिए । तर उनीहरू भने भेटघाटमा सामेल भएनन् ।
त्यसपछि पनि दाहाल र ओलीबिच दुई पटक गोप्य भेटघाट भएको स्रोतको दाबी छ । एमालेका एक नेताले प्रधानमन्त्री दाहालले ‘ललिपप’ देखाइरहेको बताएका छन् ।
‘कांग्रेसलाई देखाउन मात्रै भेटघाट गरेजस्तो देखिन्छ । एमाले माओवादीको ललिपपमा यसपल्ट फस्दैन’, ती नेताले भने । कांग्रेसमा अप्ठेरो परेको अवस्थामा एमालेसँग टाँसिने मेसो मिलाउन दाहालले गोप्य भेटघाट गरेको हुन सक्ने उनको आङ्कलन छ ।
एमाले र माओवादीभित्र मिलेर सरकार बनाउनुपर्ने कसरतमा एकथरी नेताहरू सक्रिय रहेका कारण पनि उनीहरूको भेटघाट सम्भव बनेको स्रोतको दाबी छ । यद्यपि उनीहरूबिच गोप्य भेटघाट भएको विषय स्वतन्त्र रूपले भने पुष्टि हुन सकेको छैन । गोप्य भेटघाट भएको भन्ने विषयलाई दुवै दलका नेताहरूले अस्वीकार गर्दै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा समाचार छ ।

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
अरुपनि पढ्नुहोस
सबै
महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
















