राजनीति

पहिचानको आधारमा प्रदेशको पुनःनामाकरण गर्नुपर्छ : अध्यक्ष यादव

नवलपुर टुडे
२०८० फाल्गुन १२ | मध्यान्ह ०५:११ बजे
जसपाका अध्यक्ष उपेन्द्र यादव शनिबार ललितपुरको महालक्ष्मीस्थानमा समाजवादी तामाङ सङ्घले आयोजना गरेको नयाँ वर्ष सोनम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

ललितपुर, फागुन १२ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरूको पुनः नामाकरण हुनु पर्ने माग गर्नुभएको छ । देशव्यापी जनताको मागलाई बेवास्ता गरी सरकारले पहाड नदी खोला नालाको नाममा प्रदेशको नामाकरण गरेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

शनिबार ललितपुरको महालक्ष्मीस्थानमा समाजवादी तामाङ सङ्घले आयोजना गरेको नयाँ वर्ष सोनम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पहिचानका आधारमा प्रदेशलाई नामाकरण गर्न सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो ।

1 185

‘‘जनताको माग एकातिर छ, तत्कालीन सरकारले खोलानालाको नाममा प्रदेशको नामाकरण गर्‍यो, त्यो हामीलाई मान्य छैन’’, जसपा अध्यक्ष यादवले भन्नुभयो, ‘‘नामाकरणको विषयमा मधेश प्रदेश बाहेक सबै प्रदेशमा चरम असन्तुष्टि छ, सरकारले यसलाई समय छँदै सम्बोधन गर्नुपर्छ ।’’

‘‘पहिचानका लागि पूर्वी नेपालमा जारी आन्दोलनलाई जनताको माग अनुसार सम्बोधन गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले मधेश बाहेक बाँकी ६ वटै प्रदेशमा पहिचान आधारित पुनः नामाकरणको आन्दोलनले विस्फोटक रूप लिन सक्ने दाबी गर्नुभयो ।

428421123 759735316136149 6337087357312356760 n

मधेशका जनताको ठुलो सङ्घर्ष र बलिदानीले मात्रै सो प्रदेशको नाम मधेश प्रदेश सम्भव भएको स्मरण गर्नुहुँदै उहाँले पहिचानको मागलाई बेवास्ता नगर्न सरकारलाई सचेत गराउनुभयो ।

मधेशी, आदिवासी जनजाति, दलित, सीमान्तकृत जनताले अधिकार र पहिचानका लागि संयुक्त रूपमा सङ्घर्ष गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘‘एक्लै लडेर हुँदैन, अधिकार प्राप्तिका लागि सबै उपेक्षित जनता एक ठाउँमा उभिनुपर्छ,’’ उहाँले भन्नुभयो ।

कमेन्टहरु