नेपालका विभिन्न ठाउँमा सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाई

नवलपुर टुडे


काठमाडाैं । नेपालका विभिन्न ठाउँमा सञ्चालित ३४ वटा विमानस्थलमा फ्री वाइफाई इन्टरनेट सुविधा उपलब्ध हुने भएको छ । निःशुल्क वाइफाई सुविधा दिने विषयमा नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच शुक्रबार समझदारी भएको छ ।
सहमतिपत्रमा क्यानका उपमहानिर्देशक जगन्नाथ निरौला र टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाई नेटवर्क जडान गर्नेछ । अन्य विमानस्थलमा चरणबद्ध रूपमा फ्री वाइफाई सेवा उपलब्ध गराउने सहमतिपत्रमा उल्लेख छ ।
फ्री वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनका लागि उपकरण जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक सहयोग क्यानले गर्नेछ । यस्तै, यात्रुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थानसमेत प्राधिकरणले उपलब्ध गराउनेछ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा फ्री वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ ।
अब यात्रुको सुविधाका लागि विमानस्थलका सबै स्थानमा फ्री वाइफाई सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ । विमानस्थलभित्र यात्रुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा टेलिकमका सेवाबारे जानकारी उपलब्ध गराउन सूचना तथा सहायता कक्ष पनि स्थापना गरिने भएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















