नेकपा एमाले कैलालीकाे अध्यक्षमा ढुङ्गाना र सचिवमा चौधरी विजयी

नवलपुर टुडे


धनगढी । कैलालीको सुखडमा जारी नेकपा एमाले कैलालीको अधिवेशनबाट अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी भएका छन् । एमालेको पूर्व प्रदेश सचिवालय सदस्यसमेत रहेका ढुङ्गाना आफ्नो निकटतम प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
ढुङ्गानाले २८७ मत प्राप्त गर्दा पाण्डे २१८ मतमा सीमित भए । अध्यक्षका तेस्रो प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी एमाले कैलालीका कार्यवाहक अध्यक्ष थिए । अध्यक्षका लागि तीनै जना प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको मतपरिणाम अनुसार उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही ५ मतको मतान्तरले विजयी भएका छन् । उनी १९३ मत पाउँदा उनको निकटतम प्रतिद्वन्द्वी दलबहादुर विष्टले १८८ मतमा चित्त बुझाए ।
उपाध्यक्षका अर्का उम्मेदवार विष्णु चौधरीले १०६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् । त्यस्तै, सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरीले २४३ ल्याउँदा उनका प्रतिद्वन्द्वी ढुङ्गाना प्यानलका विष्णुकुमार चन्दले १६८ मत ल्याए । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले १४७ मत प्राप्त गरेका छन् ।
उपसचिव (खुला) मा भने ढुङ्गाना प्यानलका चूडामणि भट्ट विजयी भएका छन् । भट्ट २५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले १२३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप खड्काले ९५ र राजु गुरुङले ७१ मत पाएका छन् ।
उपसचिव (महिला) मा गंगाकुमारी चौधरी १९६ मतसहित विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् । शुक्रबार भएको मतदानमा कुल ५९१ प्रतिनिधि रहेकोमा ५७७ मत खसेको थियो ।
गए रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मतपरिणाम आउन बाँकी रहेको निर्वाचन कमिटीले जनाएको छ । अधिवेशन फागुन ६ गते उद्घाटन भएको थियो । जिल्ला अधिवेशन हुँदै गर्दा तीनै समूह आ आफ्नो गुटसहित सक्रिय देखिएका थिए ।
अध्यक्षका आकाङ्क्षी दुर्गाप्रसाद जोशीलाई केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टले साथ दिएका थिए । भने डेजी पाण्डेलाई स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नारायणमुनि रानाको साथ रहेको थियो । हाल अध्यक्षमा विजयी भएका यज्ञराज ढुङ्गानालाई सुदूरपश्चिमका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीको साथ रहेको बताइएको छ ।

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
अरुपनि पढ्नुहोस
सबै
महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
















