पूर्वमहामन्त्री कोइरालाले राखे कांग्रेस महासमिति सदस्यलाई चियापान

नवलपुर टुडे


कांठमाडौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री वीपी पुत्र डा. शशांक कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुन आएको महासमिति सदस्यहरूको सम्मानमा चियापान तथा भेटघाट कार्यक्रम राखेका छन् । उनले लैनचौरस्थित लैनचौर व्याङ्क्युटमा शनिवार विहान चियापान कार्यक्रम आयोजना गरेका हुन् । चियापान कार्यक्रम बिहान ८ बजेदेखि १० वजेसम्म चल्ने बताइएको छ ।
डा. कोइरालाले आफ्नो फेसबुकमा लेखेका छन्–‘नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुन आउनुभएका महासमिति सदस्यहरु तथा सम्पूर्ण साथीहरुको सम्मानमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा उपस्थित लागि हार्दिक अनुरोध गर्दछु।’
महासमिति बैठकमा बिभिन्न मुद्दामा नेता कार्यकर्ता विभाजित भएको अवस्थामा डा. कोइरालाले चियापान कार्यक्रममार्फत सबैलाई एकै स्थानमा जम्मा गर्न लागेका हुन् । बिभिन्न मुद्दामा नेता कार्यकर्ता विभाजित भएको अवस्थामा कोइरालाले चियापान कार्यक्रम गर्दै आएका छन् ।
नेपाली कांग्रेसमा चियापानलाई मेलमिलापको संस्कृतिको रुपमा लिने गरिन्छ ।

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
अरुपनि पढ्नुहोस
सबै
महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
















