छाया सेन्टर जग्गा मिचेकाे बारे पुनः अमरेशले प्रश्न उठाए मेयर बालेन शाहलाई

नवलपुर टुडे


काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई छायाँ सेन्टर र बालमन्दिरको सार्वजनिक जग्गा संरक्षणको लागि कहिले जानु हुन्छ? भन्दै प्रश्न गरेका छन्। बिहीबार भएको प्रतिनिधिसभा बैठकमा उनले यस्तो प्रश्न गरेका हुन्।
‘काठमाडौंका मेयरलाई पनि सोध्न चाहन्छु,सार्वजनिक जग्गा बालुवाटारतिर त जानुभयो,छायाँ सेन्टर र बालमन्दिरको जग्गा तिर कहिले जानुहुन्छ,मेयर साहेब, त्यो पनि जनताले हेरिरहेका छन्।’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि बैठकमा छायादेवी कम्प्लेसलगायत अन्य सार्वजनिक जग्गा हडप्नेहरूलाई कारबाही गर्न माग गरे।
कमलपोखरी र डिलसमेत गरी साढे २६ रोपनी जग्गामा हाल १५ तले छायाँदेवी कम्प्लेस भवन ठडिएको छ। सम्पदा अभियन्ता एवं ठमेलस्थित पुरातात्त्विक कमलपोखरी पुनःस्थापना अभियानका अध्यक्ष भागवत नरसिंह प्रधानले शक्तिको आडमा भवन बनाइएको बताए। राज्यले यसप्रति कुनै वास्ता नगरेको उनको गुनासो छ।
सांसदहरूले पनि उक्त भवन भत्काउन माग गर्दै आएका छन्। २०७९ चैत ३० गतेको प्रतिनिधिसभा बैठकमा पनि नेपाल मजदुर किसान पार्टीका सांसद सुवालले सार्वजनिक पोखरी मिचेर व्यक्तिको नाममा दर्ता गराई व्यापारिक भवन ‘छायाँदेवी कम्प्लेस’ बनाउन लगाउने सम्बन्धित मन्त्री र सरकारी अधिकारीहरूलाई कडा कारबाही गर्न माग गरेका थिए।
उनले भनेका थिए, ‘काठमाडौं ठमेलस्थित बौद्ध विहारको सरकारी कमलपोखरी र वरपरको सरकारी जग्गासमेत ३० र ३५ रोपनी व्यक्तिको नाममा दर्ता गरी व्यापारिक भवन बनाउन लगाउने सम्बन्धित मन्त्री र सरकारी अधिकारीहरूलाई कडा कारबाही गरी सो क्षेत्र पुन: सरकारी स्वामित्वमा ल्याउन जरुरी छ।’ यसैगरी विवादित छायाँदेवी कम्प्लेस भत्काउन निरन्तर माग हुँदा पनि सरकारको बेवास्ता हुँदै आएको छ।

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
अरुपनि पढ्नुहोस
सबै
महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
















