रौतहटको मधानी महोत्सवको तयारी तीव्र, बलिउड कलाकार गोविन्दा समेत सहभागी हुने

नवलपुर टुडे


रौतहट । रौतहटको परौता पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन तथा मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने संकल्पसहित ‘मधानी महोत्सव २०८०’ आयोजना गरिएको छ । फागुन २२ देखि २६ गतेसम्म महोत्सव आयोजना हुन लागेको मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
मौलापुर ५ पतौरामा अवस्थित हजारौँ वर्ष पुरानो पुरातात्त्विक महादेव मन्दिर एक विरासतपूर्ण सम्पदा भएको उनले बताइन् । मन्त्रोच्चारण बिना स्थानीय आदिवासी थारुको नेतृत्वमा रहेको कमरधुवा (बोलबम) समुहद्वारा गरिने मौलिक यज्ञ वैदिककाल पूर्वको मानिने साहको भनाइ छ । भगवान शिवको बरात यात्राबाट सुरु भई जल, जमिन र बसहाको पूजन सहित शुभारम्भ हुने यज्ञमा शिव विवाह लिला समेत प्रदर्शन गरिने उनको भनाइ छ ।
जसअनुसार मधानी महोत्सव नै गर्न लागिएको भन्दै साहले फतेपुरको नाच फाल्गुन २२ र २३ गते, मधानी यज्ञ तथा शिवको बरात २३ गते, भारतको शिव लिला प्रदर्शन, फाल्गुन २३ र २४ गते, मधानी सांस्कृतिक समारोह फाल्गुन २५ गते र अन्तर्राष्ट्रिय दंगल प्रतियोगिता फाल्गुन २६ गते हुने तय भएको जानकारी दिइन् ।
महोत्सवको तयारी तीव्र रूपमा भइरहेको र बलिउडका चर्चित कलाकार गोविन्दाका साथै नेपाली कलाकारहरू पल शाहसहितका दर्जनौँ कलाकार सहभागी हुने निश्चित भइसकेको आजपाका अध्यक्ष प्रभु साहले जानकारी दिए । शुक्रवारको प्रतिनिधिसभा बैठकमा उनले सो महोत्सवका लागि आवश्यक सहयोग गर्न सरकारको समेत ध्यानाकर्षण गराएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















