काठमाडौंको सीतापाइलामा आमासहित दुई छोरी मृत फेला, बाबु फरार

जगत ठाडा मगर
२०८० फाल्गुन ९ | मध्यान्ह १२:११ बजे

काठमाडौं, फागुन ९ । काठमाडौंको सीतापाइलामा आमासहित दुई छाेरीहरु मृत अवस्थामा फेला परेका छन् । एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार आमा ३९ वर्षीया ईश्वरी श्रेष्ठ र छोरीहरु आठ वर्षीया अनिशा श्रेष्ठ तथा दुई वर्षीया शिवानी श्रेष्ठ मृत अवस्थामा भेटिएको हो । उनीहरु बस्दै आएको कोठामा मृत फेला परेको हो । ईश्वरीका श्रीमान् भने फरार रहेको प्रवक्ता रेग्मीले जानकारी दिए ।
हत्या भएको हुन सक्ने प्रहरीको आशंकामा थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता रेग्मीले बताए ।























