नवलपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

नवलपुर टुडे


नवलपुर, फागुन ९ । नवलपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका–३ को बेलहानीस्थित भित्रि सडकखण्डमा झ्यालबासबाट गिरबारीतर्फ जाँदै गरेको लु ३६ प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक हुप्सेकोट–२ मोहनडाँडाका पदम बहादुर ब्यम्बुको मृत्यु भएको प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिनुभयो । घाइते ब्यम्बुलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइते सोही ठाउँका हिराबहादुर आलेलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाईएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















