खेलकुद

११औँ जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा चञ्चला कुमारी प्रथम

अशोक यादव
२०८० फाल्गुन ८ | मध्यान्ह १२:११ बजे

रौतहट । जिल्लाको सदरमुकाम गौरमा ७४औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित ११औँ जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा सम्पन्न भएकाे छ । साईकल दाैड प्रतियोगितामा चञ्चला कुमारी प्रथम भएकी छिन् ।

फाइनल दौडमा सहभागी भएका २० जना प्रतियोगीमध्ये गौर नगरपालिका– ५ निवासी चञ्चला कुमारी पहिलो भएकी हुन् ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेको प्रतियोगितामा राजदेवी नगरपालिका– ७ निवासी रानीकुमारी यादव दोस्रो तथा गौर नगरपालिका–४ निवासी बबिताकुमारीले तेस्रो स्थान हासिल गरेका हुन् ।

राजदेवी मिडिया सेन्टर रौतहटद्वारा आयोजित महिला साइकल दौड प्रतियोगिताका प्रथम विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो स्थान प्राप्त गरेकालाई २० हजार नगद पुरस्कार दिइएको छ ।

१४० जनामा छनोट भएर फाइनलमा सहभागी भएका २० जनालाई पुरस्कारस्वरुप एक–एक वटा साइकल दिइएको आयोजकले जनाएको छ ।

कमेन्टहरु