तनहुँमा जन्ती बोकेको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

नवलपुर टुडे


तनहुँ, फागुन ८ । जन्ती बोकेको बोलेरो जीप तनहुँको आबुँखैरेनी गाउँपालिका–१ गिराउनचौरमा आईतबार राती दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भिर घाइते भएका आँबुखैरेनी–६ बस्ने ५६ बर्षका शेरबहादुर गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा सोमबार मृत्यु भएपछि उक्त सङ्ख्या पुगेको हो ।
यसअघि आबुखैरेनी गाउँपालिका–६ छापस्वाँरा बस्ने ७२ बर्षका आसपुर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ बर्षकी तुलसी गुरुङको घट्नास्थलमै मृत्यु भएको थियो । मृत्यु हुने तुलसी बेहुलीको बहिनी हुन् भने आसपुर र शेर बहादुर सहोदार दाजुभाई हुन् । आँबुखैरेनीको बरादी–हिलेखर्क स्थित भित्री सडक खण्डमा जन्ती लिएर फर्किने क्रममा बा १८ च ५९२१ नंम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
आइतबार राती १२स्३० बजे जीप अनिन्त्रित भई सडक देखी करीव ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । प्रनाउ खाँडका अनुसार दुर्घटनामा चालक सहित १५ जना यात्रु घाइते भएका छन् । घाइते भएकामध्ये नौ जनाको चितवन मेडिकल कलेज र छ जनाको स्थानीय आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















