फोटो पत्रकार वन्त नगदसहित सम्मानित

नवलपुर टुडे


इटहरी, फागुन ७ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त सम्मानित हुनुभएको छ । वन्त प्रदेशखबर डटकमको प्रथम वार्षिकोत्सव अवसरमा उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट सम्मानित हुनुभएको हो ।
नगद ११ हजार १११ सहित सम्मानित हुनुभएका वन्त राष्ट्रिय समाचार समितिका सिनियर फोटो पत्रकार हुनुहुन्छ । प्रजातन्त्र दिवस तथा प्रदेश खबर डटकमको प्रथम वार्षिकोत्सवमा उहाँलाई सम्मान गरिएको हो।
काठमाडौंमा रहेर व्यावसायिक फोटो पत्रकारिता तथा फोटो पत्रकारिताको प्रशिक्षकको भूमिका निर्वाह गर्दै वन्तले पत्रकारितामा फोटोको माध्यमबाट गर्नुभएको कामको उच्च मूल्याङ्कन गरी उहाँलाई पुरस्कार प्रदान गरिएको छ ।
फोटो पत्रकार वन्तलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सम्मानपत्र र पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रम आयोजक नयन एड्भरटाइजिङ मिडियाका अध्यक्ष पवन अधिकारीका अनुसार वन्त काठमाडौंमा रहेर राजनीतिलगायत विभिन्न विधामा फोटो पत्रकारिता गर्दै आउनुभएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















