रौतहटमा सहमतिपछि सरस्वती माताको मुर्ति विर्सजन

नवलपुर टुडे


रौतहट, फागुन ७ । रौतहटको ईशनाथ नगरपालिका- ५ स्थित गत दुई दिनदेखि बाटोमै राखिएकाे सरस्वती माताको मुर्ति विसर्जन गरिएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बिहान सम्पन्न सर्वपक्षिय एवम् सर्वदलिय बैठकमा भएको सहमति पश्चात सरस्वती माताको मुर्तिलाई विर्सजन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सहित सुरक्षा निकायका प्रमुख अधिकारीहरु राजनीति दलका नेताहरु, नागरिक समाज र स्थानीय बुद्धिजीविहरुका साथै सो क्षेत्रका जनप्रतिनिधि सहितका व्यक्तिहरु ईशनाथ नगरपालिकाको सो ठाउँमा पुगेका थिए । सरस्वती मुर्ति विर्सजनलाई लिएर फागुन ३ गते भएको वादविवाद र झडपको कारण फागुन ५ गते बेलुकादेखि सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो ।
सरस्वतीको मुर्ति सेलाएर अवस्थाको मुल्याङ्कन गरेर कर्फ्यु हटाउने अथवा ढिलाई दिने विषयमा छलफलपछि कुनै निर्णय हुने जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताउनुभयो । दुबै समुदायका मानिसहरु एक आपसमा शान्ति सद्भाव कायम गरेर सामान्य जनजीवन बिताउनुपर्ने अपिल गर्दै प्रहरी नायब उपरीक्षक गिरीले अशान्तिबाट कसैको भलो हुन नसक्ने भएकोमा सबै पक्षलाई शान्ति, सदभाव, भाईचारा र अमनचयन कायम गर्नुपर्ने सुझाव दिनुभयो ।

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
















