रास्वपाले कर्णाली प्रदेशका सबै कमिटी र विभाग विघटन गर्यो

नवलपुर टुडे


काठमाडौं, फागुन ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ। आइतबार बसेको सचिवालय बैठकले प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले बताए।
कर्णाली प्रदेशमा ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। यो अभियानमा संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई व्यापक रुपमा अगाडि बढाइने महामन्त्री ढकालले बताए। रास्वपाले पार्टीको विभिन्न केन्द्रीय विभागमा सदस्यहरु मनोनयन गर्दै जिम्मेवारी हेरफेर समेत गरेको छ।
केन्द्रीय मानवीय विकास प्रवर्धन विभागको उपप्रमुखमा पवन देवकोटा, केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारा, केन्द्रीय विधेयक मन्थन विभागको सदस्यमा भोजराज क्वालिटी, केन्द्रीय मानव अधिकार विभाग सदस्यमा गणेश पौडेल र केन्द्रीय संगठन विभाग सदस्यमा दिपक विश्वकर्मा मनोनीत भएका छन्।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















