बाराबाट २ करोड ८३ लाखको समानसहित ट्रक प्रहरीको नियन्त्रणमा

नवलपुर टुडे


बारा। प्रहरीले बाराबाट दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अमलेखगन्ज, बाराबाट खटिएको प्रहरी टोलीले शुक्रवार राति ११ बजे जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१ अमलेखगन्ज चोकबाट दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको हो।
वीरगंजबाट काठमाडौँ तर्फ जाँदै गरेका ना ७ ख १६५२ नं र ना ८ ख ४१६५ नं ट्रकहरूलाई रोकी चेक जाँच गर्दा विल विजक भन्दा बढी स्रोत खुलाउन नसकेको २ करोड ८३ लाख ८९ हजार ९ सय ८९ रुपियाँ बराबरको समान फेला परेको बारा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले बताए।
उनका अनुसार ना ७ ख १६५२ नं को ट्रकमा प्याडलक गरिएको २,५०,६३,१२२ रुपियाँ बराबरको र ना ८ ख ४१६५ नंकप ट्रकमा ३३,२६, ,८६७ मूल्य बराबरको समान फेला परेको छ।
उक्त ट्रकहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















