नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

नवलपुर टुडे


जनकपुरधाम । मधेश प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले पनि फिर्ता लिने भएको छ । मधेशमा २४ सांसद भएको एमाले सबभन्दा ठूलो दल हो । एमालेले नै जसपा संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री बनाएको थियो । तर सत्ता परिवर्तनसँगै कांग्रेस सरकारमा सहभागी बने र एमाले सरकार छाडे । सरकार छाडे पनि एमालेले समर्थन फिर्ता लिएन । मुख्यमन्त्री यादवलाई दोस्रो पटक पनि विश्वासको मत दियो । तर मुख्यमन्त्रीले जनताको आकांक्षा बमोजिम काम गर्न नसकेको निष्कर्ष निकाल्दै एमाले सरकारबाट समर्थन फिर्ता लिन लागेको छ ।
एमाले मधेशका संसदीय दलका नेता सरोज कुमार यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । उनले नेपाल प्रेससंग भने, ‘मुख्यमन्त्री ज्यूले हामीसँग विश्वासको मत पनि माग्नु भ एको छैन । आज १२ बजे संसदीय दलको बैठक छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुनसक्छ।’ एमालेका अर्का सांसद शत्रुधन प्रसाद सिंहले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय संसदीय दलको बैठकबाट हुनसक्ने बताए । उनले जसपा नेतृत्वको सरकारको काममा असन्तुष्टि जनाए ।
जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएर दुई मन्त्रीलाई समेत फिर्ता बोलाइसकेको छ । त्यसैले मुख्यमन्त्री यादव आज विश्वासको मत लिन लागेका छन् । एमाले र जनमतले विश्वासको मत नदिए पनि सरकार ढल्ने छैन । अहिले जसपा नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा सहभागी छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















