नेदरल्यान्ड्समाथि नेपालको ९ विकेटको रवाफिलो जित

नवलपुर टुडे


काठमाडौ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको प्रभावसालि जित हासिल गरेको छ ।
नेदरल्यान्ड्समाथि रवाफिलो जित निकाल्ने क्रममा नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धशतक प्रहार गर्दा अर्का ओपनर कुशल भुर्तेलले २८ रनको विष्फोटक इनिङ खेले।
जितसँगै नेपालले दोस्रो खेलमा लिग–२ को अङ्क तालिकामा खाता खोलेको छ। नेपालले २ सय ८ बल बाँकी हूँदै १ विकेट गुमाएर लक्ष्य पुरा गर्ने क्रममा आसिफ शेखले ४५ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाउँदा उनले करिअरको ११ औ अर्धशतक प्रहार गरे। त्यस्तै अनिलले ३६ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाए। उनको यो दोस्रो ओडीआइ अर्धशतक हो।
त्यसअघि नेदरल्यान्ड्सले १ सय ३८ रनको लक्ष्य दिएको थियो। टियू मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो। नेदरल्यान्ड्सलाई कमजोर योगफलमा समेट्ने क्रममा नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिंदा ललित राजवंशीले २ विकेट लिए।
त्यस्तै सोमपाल कामी र रोहित पौडेलका नाममा १–१ विकेट रह्यो। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ३३ रन बनाउँदा बास डि लिडले २७ रन बनाएका थिए। त्यस्तै स्याब्रन्ड इंगलब्रेच्टले २३ रन बनाउँदा म्याक्स ओड्वाड र आर्यन दतले समान १०–१० रन बनाउँदा नोच क्रोस १२ रनमा आउट भए। क्याली क्लेइनले ११ रन बनाए।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















