तानसेनमा गुफा चउर स्थापनाका लागि ल्याइएको गणेशको मूर्ति आठ वर्षदेखि अलपत्र

नवलपुर टुडे


तानसेन, फागुन ५ । तानसेनको गुफा चउरमा स्थापना गर्न भनेर ल्याइएको गणेशको मूर्ति आठ वर्षदेखि अलपत्र परेको छ । गणेशको मूर्ति स्थापना गरी जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले आठ वर्षअघि काठमाडौँबाट तानसेन ल्याइएको गणेशको मूर्ति अलपत्र परेको हो । तानसेनका स्थानीय बासिन्दा र काठमाडौँका पूर्वमहानगर प्रमुख केशव स्थापितको पहलमा तानसेनमा ल्याइएको गणेशको मूर्ति पछिल्लो पाँच वर्षदेखि तानसेन–१० स्थित तेल्घामा अलपत्र परेको छ ।
तानसेनको गुफा चउरमा गणेशधाम बनाउने उद्देश्यले गणेशको मूर्ति ल्याइए पनि गुफा चउरमा नपुगी मूर्ति पाँच वर्षदेखि तेल्घामा टहराभित्र छोपेर राखिएको छ । यसअघि तानसेनको टुँडिखेलमा तीन वर्ष गणेशको मूर्ति अलपत्र परेको थियो ।
आठ वर्षअघि तानसेनको टुँडिखेलमा राखेर ४५ दिनसम्म विशेष पूजा गरेर राखिएको थियो । गणेशको मूर्ति छ टन तौल, १८ फिट उचाइ र आठ फिट चौडाइको छ । यो नेपालकै एक आकर्षक र ठुलो मूर्ति रहेको बताइन्छ । मूर्ति स्थापना गरेपछि नेपालसहित भारतका विभिन्न स्थानबाट हजारौँ धार्मिक पर्यटक भित्रिने अपेक्षाका साथ मूर्ति ल्याइएको थियो । तर लामो समयसम्म मूर्ति अलपत्र पर्दासमेत कसैको ध्यान पुग्न सकेको छैन ।
तेल्घामा टिनको छानो हालेर गणेशको मूर्ति राखेको पाँच वर्ष बितेपछि यसलाई के गर्ने भन्नेबारे कसैलाई चासो नभएको स्थानीय बासिन्दा बताउँछन् । तानसेन–१० का पूर्ववडाध्यक्ष लोचन तिमिल्सिनाले आर्थिक अभावमा मूर्ति गुफा चउरमा स्थापना गर्न नसकेको बताउनुभयो । गुफा चउरमा मूर्ति स्थापनाका लागि बनाइएको समितिका अध्यक्ष गोपाल श्रेष्ठको निधन भएपछि मूर्ति स्थापित गर्ने काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो । गुफा चउर तानसेन–१० कै एउटा पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले मूर्ति स्थापना गर्ने योजना अघि सारिए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।
रकम अभावका कारण गुफा चउरमा गणेशधाम बनाउने योजना अघि बढ्न नसकेको तानसेनका पूर्वनगर प्रमुख अशोककुमार शाहीको पनि भनाइ छ । गुफा चउरसम्म पुग्ने सडकको स्तरोन्नति गर्ने कार्य भएपछि मूर्ति स्थापना गर्ने कामले पनि सार्थकता पाउने उहाँले बताउनुभयो । साथै मूर्ति स्थापना गर्न सुरक्षित स्थान र संरचना निर्माणको काम सकिएपछि अन्य कामले गति पाउने उहाँले बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















