Opens in a new tab

अक्सफोर्ड माविलाई बुटवल मेयर कपको उपाधि

नवलपुर टुडे

29Shares
dida bag ad

बुटवल, माघ १ । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालय स्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ । सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १–० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो।

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा विजयी अक्सफोर्डले उपाधिसँगै १ लाख रुपैयाँ र शिल्ड पाएको छ। यस्तै उपविजेता नवीन औद्योगिक माविले ६० हजार पाउँदा सेमिफाइनलमा पुग्ने उजिरसिंह मावि र एभरेष्ट माविले १८/१८ हजारका दरले पुरस्कार पाएका छन्।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार अक्सफोर्ड माविका टीम क्याप्टेन सुजलमान घले, उत्कृष्ट गोलकिपर अक्सफोर्डकै डेभिड थापा, उत्कृष्ट मिडफिल्डर अक्सफोर्डकै रमित नाम्जाली मगर र सर्वाधिक गोलकर्ताको पुरस्कार अक्सफोर्डकै अस्मित शर्माले पाएका छन्।

यस्तै उत्कृष्ट डिफेन्डरको पुरस्कार नवीन औद्योगिक माविका सन्दीप दर्जी र उत्कृष्ट फरवार्डको पुरस्कार नवीनकै विजन सूर्यवंशीले पाएका छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८/८ हजारका दरले पुरस्कार पाएका छन्।

विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, म्याच कमिस्नर हरिप्रसाद श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए। पुरस्कार प्रदानपछि बोल्दै नगर प्रमुख पाण्डेयले बुटवलमा खेलाडी उत्पादनका लागि पहिलो पटक आयोजना गरिएको विद्यालय स्तरीय फुटबल प्रतियोगिताले उत्साह बढाएको र आगामी दिनमा थप खेल प्रतियोगिता आयोजना गर्ने बताए।

उनले विद्यालयहरूलाई हरेक क्षेत्रमा अब्बल बनाउनका लागि खेलकुद र अन्य विभिन्न प्रतियोगिताहरू तथा क्षमता विकासका कार्यक्रम समेटेको बताए। प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए। प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थी मात्रै सहभागी थिए।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे