खेलकुद

अनिल र भीमको शतक, क्यानडाविरुद्धको सिरिज ‘क्लिनस्वीप’

नवलपुर टुडे
२०८० माघ २९ | मध्यान्ह ०४:१० बजे

बुटवल, माघ २९ । ओपनर अनिलकुमार साह र तेस्रो नम्बरमा आएका ब्याटर भीम सार्कीले रेकर्ड साझेदारीसँगै शतक प्रहार गरेपछि क्यानडाविरुद्धको अन्तिम अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालले सहज जित निकालेको छ।

२३३ रन पछ्याएको नेपालले ४४ ओभर ३ बलमा एक विकेट मात्रै गुमाएर लक्ष्य पूरा गर्दै नौ विकेटको जित निकालेको हो।

योसँगै नेपालले क्यानडासँग तीन खेलको द्विपक्षीय अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज क्लिनस्वीप गरेको छ।

कमेन्टहरु