नेपालविरुद्ध क्यानडाको १० ओभरमा कुनै विकेट नगुमाई ५६ रन बनाए

नवलपुर टुडे
२०८० माघ २७ | बिहान १०:१० बजे

काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले १० ओभरमा कुनै पनि विकेट नगुमाई ५६ रन बनाएको छ ।
क्यानडाका ओपनर नवनित धालिवाल २८ र एरोन जोन्सन २३ रन बनाउँदै क्रिजमा छन् । क्यानडाविरुद्धको दोस्रो खेलबाट नेपाली यू-१९ टोलीका तिब्रगतिका बलर आकाश चन्दले सिनियर टोलीमा ‘डेब्यू’ गरेका छन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला आयोजना हुन लागेको हो ।
यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।























