Opens in a new tab

त्रिविको उपकुलपतिका लागि १४ जनाको नाम ‘सर्टलिस्ट’मा

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएकामध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट) मा परेका छन्।

सिफारिस समितिले आवेदन दिएकामध्ये १४ जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि अल्पसूचीमा राखेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उक्त सूचीमा पर्नेमा कुसुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा छन्।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेको समिति गठन गरेका थिए।

हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ। खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको लागि त्रिविले गएकाे पुस २३ गते दरखास्त आह्वान गरेको थियो। सो आह्वानअनुसार त्रिवि उपकुलपति पदका लागि ४३ जनाको आवेदन परेको थियो।