९ विकेट गुमाएको क्यानडा दबावमा

नवलपुर टुडे
२०८० माघ २५ | मध्यान्ह ०४:१० बजे

काठमाडौं । नेपालले क्यानडाको लगातार विकेट लिइरहेको छ । जित नजिक पुगेको क्यानडाविरुद्ध नेपालका स्पिनरहरुले लगातार दबावमा पारेका हुन् ।
क्यानडाको सातौं विकेट कप्तान रोहितकुमार पौडेलले लिएका छन् । आफ्नो सातौं ओभरको अन्तिम बलमा कप्तान पौडेलले क्यानडाका उदय भगवानलाई बोल्ड गरेका हुन् । उनले ४४औं ओभरमा भगवानलाई बोल्ड गरेका थिए ।
लगत्तै ललितनारायण राजवंशीले क्यानडाका कप्तान साद बीन जफारलाई एलबीडब्ल्यू गरे । त्यसपछि फेरि उनले नै डिलोन हेलिगरलाई आउट गरे । २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७ ओभरमा ९ विकेट गुमाएर ४६ ओभरमा २१२ रन बनाएको छ ।























