चितवनमा रहेको मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै

नवलपुर टुडे


भरतपुर । पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नतिको काम अघि बढेको छ। घाँसेमैदान रहेको धावन मार्गमा उच्च स्तरको ग्राभेल गरेर स्तरोन्नति गर्न लागिएको हो।
मेघौली विमानस्थल आयोजना प्रमुख चन्द्रमणि सापकोटाका अनुसार विमानस्थलमा नाली र स्ल्याब कल्भर्ट निर्माण गरिएको छ।
एक हजार एक सय मिटरको घाँसेमैदान रहेको विमानस्थलमा नयाँ धावन मार्ग सात सय मिटर लम्बाइ र २० मिटर चौडाइको हुनेछ। पहिलो चरणमा उच्च स्तरको ग्राभेल गरिएको जनाउँदै उहाँले भविष्यमा थप स्तरोन्नति र विस्तार गर्न सकिने बताए।
झन्डै एक करोड २० लाखको लागतमा निर्माण कम्पनीले धावन मार्ग स्तरोन्नतिको काम गरिरहेको छ। यहाँ पछिल्लो समय नेपाली सेनाले प्याराजम्प गर्दै तालिम लिने गरेको छ। मेघौलीमा रहेका होटलले कहिलेकाहीँ जहाज र हेलिकप्टर चार्टर गरेर ल्याउने गरेका छन्।
यसअघि डिजिटल प्रविधिको प्रयोग गरी ‘टोपोग्राफी सर्भे’ मार्फत विमानस्थलको गुरुयोजना समेत निर्माण गरिएको छ। स्तरोन्नति नहुँदा घाँसेमैदान मात्रै रहेको विमानस्थल गौचरनजस्तै बनेको थियो।
सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो। त्यसपश्चात् एकपटक नेपाल एयरलाइन्सको विमान अवतरण गराइएको थियो।
भरतपुरबाट मेघौली २४ किलोमिटर दक्षिणतर्फ पर्छ। यस विमानस्थल भने कूल २३ बिघा क्षेत्रमा फैलिएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















