मुख्य समाचार

राप्ती नदीको किनारमा भाले गैंडा मृत फेला

जगत ठाडा मगर
२०८० माघ २२ | मध्यान्ह ०४:१० बजे

चितवन, माघ २२ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत फेला परेको छ । सोमबार दिउँसो वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक वनको क्षेत्रमा अन्दाजी ३० वर्ष माथिको भाले गैंडा मृत फेला परेको हो ।

होटल जंगल भिल्ला नजिकै राप्ती नदीको किनारमा शरीरमा चोट लागेको अवस्थाको मृत गैंडा फेला परेको भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए ।

अर्को गैंडासँग जुधेर गैंडा मरेको हुनसक्ने चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

कमेन्टहरु