यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फिर्ता

जगत ठाडा मगर
२०८० माघ २२ | बिहान ११:१० बजे

काठमाडौं, माघ २२ । दक्षिण अफ्रिकामा आयोजित यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ ।
सोमबार स्वदेश फर्केका नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् ।
समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो ।
सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो ।























