खेलकुद

माधवनाराण नगरपालिकामा आजदेखि खेलकुद प्रतियोगिता सुरू

अशोक यादव
२०८० माघ २१ | मध्यान्ह ०३:१० बजे

रौतहट, माघ २१ । रौतहटको माधवनारायण नगरपालिकास्थित माध्यमिक विद्यालय माधोपुरमा आजदेखि खेलकुद प्रतियोगिता सुरु भएको छ । एक हप्तासम्म सञ्चालन हुने प्रतियोगिताको माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले नेपालको झन्डा फहराएर उद्घाटन गरेका हुन् ।

विद्यालयका सबै विद्यार्थीहरूलाई खेल जगतप्रति उत्साह बढाउनकाे लागि साे कार्यक्रम सुरू गरिएको बताउँदौ नगर प्रमुख यादवले भने ‘खेल जगतमा माधवनारायण नगरपालिकाभित्र रहेका सबै विद्यालयका विद्यार्थीहरूले भविष्यमा खेलकाे माध्यमबाट बेग्लै पहिचान गराउन सफल काे रूपमा देख्न चाहन्छु ।’

photo 2024 02 04 15 40 56

अहिलेको अवस्थामा नेपाल सरकारले विभिन्न खेलकाे लागि पालिका स्तरीय बेग्लै बजेटकाे बिनियाेजन गरेका छन् । नेपाल सरकारकाे बजेटकाे अाधारमा समय समयमा पढाइ लेखाईकाे साथसाथै खेलकुद शारीरिक व्यायामकाे लागि जरुरी रहेको छ ।

राैतहट जिल्लाकाे क्रिकेट खेलाडी जितेन्द्र मुखियाले नेपाली टिममा अाफ्नो नाम कमाउन सफल भएकाे थियो । अाजकाे युगमा खेलकुदमा अधिकांश गरिब विद्यार्थी, कमजोर लगायतले बढि चाँसो राख्ने गरेकाले अझै खेलकुद प्रति प्रोत्साहन बढाउन जरुरी रहेको छ ।

सो कार्यक्रममा माधवनारायण नगर उपप्रमुख निर्मला देवि रमन, वडा नम्बर ६ का वडा अध्यक्ष रामनरेश राय यादव, माधोपुरका पूर्व वडा अध्यक्ष राजिव कुमार यादव, नेता जयमंगल यादव लगायतका ब्यक्तिहरुको सहभागीता रहेको विद्यालयका प्रधानाध्यापक राम सिगासन यादवले बताए ।

कमेन्टहरु