कृष्णनगर भन्सार कार्यालयका कर्मचारीद्वारा मदिरा चोरी
धर्मेन्द्र कुमार कुर्मी


कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सारमा मदिरा काण्ड बाहिरिएको छ । जाँचपासका लागि नियन्त्रणमा लिइएको विदेशी मदिरा भन्सारकै कर्मचारीले चोरेर पिएको प्रारम्भिक छानबिनबाट खुलेको छ ।
भारतबाट फर्किएका लाहुरेहरूको साथबाट गत साता ६० बोतल मदिरा भन्सारले जाँचपासका लागि भनेर नियन्त्रणमा लिएको थियो । त्यसमध्ये ८ वटा मदिरा चोरी गरी कर्मचारीले पिएको पुष्टि भएको छ । तर, माथिल्लो निकायलाई जानकारी नदिई सो प्रकरण डिसमिस गराउने प्रयास भइरहेको छ ।
कर्मचारीहरूकै निर्देशनमा सो मदिरा चालक वीरेन्द्र यादवले निकालेर वितरण गरेका थिए । भन्सार कार्यालय स्रोतका अनुसार भन्सार अधिकृत बासुदेव नेपाल, नासु सुर्य रेग्मी र रेवती गिरीलाई आफूले मदिरा दिएको उनले बताएका छन् । ताल्चा फोलेर त्यसरी मदिरा निकालिएका थिए । तर, अर्का कार्यालय सहयोगी करण यादवलाई फसाएर मुख्य कर्मचारीलाई जोगाउने प्रयास भइरहेको स्रोत बताउँछ ।
सो मदिरा जाँचपासका लागि निकाल्न कर्मचारी भोजराज रेग्मीले कार्यालय सहयोगी करण यादवलाई भनेकोमा उनले ताल्चा लगाइएको ढोका खुला रहेको र मदिरा चोरी भएको जानकारी गराएका थिए । यस सम्बन्धमा भन्सार प्रमुख मान बहादुर पौडेलले प्रारम्भिक छानबिन गर्दा कर्मचारीले नै मदिरा लगेको पुष्टि भइसकेको छ । तर, सोझा लाहुरेहरूलाई फकाएर कतै उजुरी नगर्न भनिएको छ ।
आफ्नो पद नै धरापमा पर्ने भएपछि भन्सार प्रमुख पौडेलले घटना लुकाएको एक कर्मचारीले बताए । कृष्णनगर भन्सारमा तस्करीको सेटिङ रहेकाले लक्ष्यअनुसार भन्सार उठाउन सकेको छैन । यसमा भन्सार प्रमुख पौडेलकै मिलेमतो रहेको स्रोत बताउँछ । हाल मदिरा काण्डमा मुछिएका नासु सूर्य रेग्मी यसअघि नेपालगञ्जमा हुँदा निलम्बनमा परेका थिए । फेरि सेटिङ मिलाएर भन्सारमै पुगेका उनी पुरानै धन्दामा सक्रिय छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















