औषधिसहितको फर्स्ट एड बक्स मुस्ताङ प्रहरीलाई वितरण

नवलपुर टुडे


बुटवल, माघ १७ । सामाजिक उत्तरदायित्व अन्तरगत ब्लु क्रश अस्पताल त्रिपुरेश्वर काठमाडौले जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई औषधिसहितको ४ थान फर्स्ट एड बक्स हस्तान्तरण गरेको छ ।
हिमाली जिल्ला मुस्ताङमा चिसो मौसमको वृद्धिसँगै प्रहरी कर्मचारीहरु सामान्य प्रकारका रुघाखोकी लगायतका रोगबाट ग्रसित हुन सक्ने र मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन गर्न आउने पर्यटकहरुमा टाउको दुख्ने र लेक लाग्ने लगायतका समस्याहरु हुन सक्ने हुँदा त्यसको लागि सामान्य प्रकृतिका १६ प्रकारका औषधिसहितको फर्स्ट एड बक्स जिप्रका मुस्ताङलाई हस्तान्तरण गरिएको हो ।
त्यसरी प्राप्त भएका औषधिसहितको बक्सहरुलाई अत्यधिक चिसो हुने स्थान एवं पर्यटकहरुको बढी आवागमन हुने स्थानहरुमा रहेका प्रहरी इकाईहरु प्रहरी चौकी घासा, कोबाङ र कागबेनी तथा इलाका प्रहरी कार्यालय मुक्तिनाथलाई आजै वितरण गरिएको जिप्रका मुस्ताङका प्रमुख भोजराज पाण्डेयले जानकारी दिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















