बर्दघाटमा लुम्बिनी प्रदेशकै चर्चित पालडाँडा कप २०८० पुरुष फुटबल प्रतियोगिता (भिडियोसहित)

जगत ठाडा मगर


नवलपरासी, माघ १३ । लुम्बिनी प्रदेशकै चर्चित फुटबल प्रतियोगिता मध्यको एक पालडाँडाँ कप पुरुष फुटबल प्रतियोगिता २०८० को आजबाट पश्चिम नवलपरासीको बर्दघाटमा शुरु भएको छ ।
बर्दघाट- ५ पालडाँडाँ खेलमैदानमा आयोजित खेलकुद प्रतियोगिताको एक कार्यक्रम बिच उद्योगपति एवम् संघीय सांसद बिनोद चौधरीले उद्घघाटन गर्नुभयो । सो अवसरमा बोल्दै सांसद चौधरीले खेलाडी देशको गहना भएकाले खेल र खेल क्षेत्रको प्रवर्द्धनमा राज्य लाग्नुपर्ने दावी गर्नुभयो । सो अवसरमा बोल्दै सांसद चौधरीले राज्यले खेलाडीलाई उचित सम्बोधन गर्न नसकेकोले खेलाडीको संरक्षणमा राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो । सो अवसरमा बोल्दै सांसद चौधरीले यस क्षेत्रमा खेल क्षेत्रमा विकासमा आफु लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
प्रतियोगितामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १० टिम सहभागी रहेको आयोजक सगरमाथा सामुदायिक प्रतिष्ठानका सल्लाहकार दीपक थापाले जानकारी दिनुभयो । खेलमा बिजयी हुने प्रथम टिमलाई एक लाख रुपैयाँ , दोस्रोलाई ७५ हजार पाँच सय रुपैयाँ सहित कप ,मेलड तथा प्रमाणपत्रको व्यवस्थापन गरिएको छ । सगरमाथा सामुदायिक प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिता आगामी माघ २२ गते सम्म चल्ने छ ।
सो अवसरमा क्लबको अध्यक्ष गंगा बहादुर भण्डारी क्षेत्री को अध्यक्षतामा भएको सो कार्यक्रममा बर्दघाट नगरपालिका वडा न. ५ का वडा अध्यक्ष बिमला गुरुङ बोल्नुभएको थियो । शिब प्रसाद शर्माले संचालन गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका संरक्षण मान बहादुर थापा स्वागत गर्नुभएको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















