प्रतापपुरमा पाचौं आधारभुत तह तथा दोस्रो राष्ट्रपति रिनिङशिल्ड प्रतियोगीताको शुरु(भिडियोसहित)


नवलपरासी, माघ १३ । पश्चिम नवलपरासीको प्रतापपुरमा आज देखी प्रतापपपुर, पालिका स्तरीय पाचौं आधारभुत तह तथा दोस्रो राष्ट्रपति रिनिङशिल्ड खेलकुद प्रतियोगीताको शुरु भएको छ । खेलकुद प्रतियोगीताको एक कार्यक्रम विच उद्योगपति एवंम् संघीय सांसद बिनोद चौधरीले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै सांसद चौधरीले एउटा जिम्मेवार जनप्रतिनिधीको हैसियतले जिल्लाको ग्रामिण क्षेत्रको चौतर्फी विकासमा आफुले स्थानीय तह, प्रदेश सरकार साथै संघीय सरकार संग आवश्यक समन्वय गदैै आएको बताउनुभयो । खेल क्षेत्रको कुनै भेग र परिधी नहुने भएकाले शिक्षालाई आधुनिकता संगै संचार र प्रविधी संग जोड्दै लैजानुपर्ने बताउनुभयो ।
सोही अवसरमा बोल्दै सांसद चौधरीले शिक्षालाई सिप संग र सिपलाई रोजगारी तर्फ जोड्ने काममा आफु लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पाँच बर्षको अवधिमा आफु यस क्षेत्रको चौतर्फी विकासमा उत्कृष्ट काम गर्ने बताउनुभयो ।
प्रतियोगीतामा प्रतापपुर गाउँपालिका अन्तर्गतका सामुदायीक, धार्मिक, मदरसा तथा संस्थागत गरी ५१ वटा विभिन्न बिद्यालयका बिद्यार्थीहरुले प्रतियोगीतामा प्रतिनिधित्व जनाएका छन् । प्रतियोगीतामा दौड, रिले दौड, सटपुट, हाईजम्प, लमजङ्ग, जेबीलिङ्ग (भाला फाल्ने), भलिवल, व्याटमिन्टन, कवड्डी लगायतका विबिध खेलमा विद्यार्थी बिच प्रतिष्पर्धा हुने छ ।
सो अवसरमा प्रतपपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव, विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष श्रीराम पासी, प्रतापपुर- ७ का वडा अध्यक्ष हरेन्द्र यादव लगायतले आ आफ्नो बिचार राख्नुभएको थियो । प्रतियोगीता आगामी माघ १७ गतेसम्म चल्ने छ ।






















