बुटवलबाट लागुऔषधसहित दुईजना पक्राउ

नवलपुर टुडे


बुटवल । लागुऔषध कारोवारमा संलग्न दुईजना यूवालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ ।
बुटवल उपमहानगरपालिका -१० रामनगरस्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँचको क्रममा शंकास्पद अवस्थामा हिँडेका बुटवल ११ देविनगरका ४६ वर्षीय दिनेश थापा र तिलोत्तमा नगरपालिका -२ का २८ वर्षीय बिक्की पुनमगरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एसपीएस लेखेको क्याप्सुल,केयर ज्याकको टिटीसेट,निबट्राभेट–१० लेखेको ट्याब्लेट नगद ५५ हजार ५ सय ४० रुपैयाँ र ब्राउन सुगर बरामद गरिएको छ । उनीहरुलाई लागुऔषध कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















