भारतमा राम मन्दिरमा प्राण प्रतिष्ठा : आज कपिलवस्तु र रुपन्देहीका पालिकामा बिदा, मासु र मदिरा पनि प्रतिबन्ध

नवलपुर टुडे


रुपन्देही । सोमवार भारतको अयोध्यास्थित राम मन्दिरमा गर्न लागिएको अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिएका छन् । साथै उक्त दिन पशुपंक्षीको वध र मासु तथा मदिराको बिक्री वितरणमा समेत रोक लगाइएको छ ।
कपिलवस्तुको यशोधरा, विजयनगर, मायादेवी, शुद्धोधन गाउँपालिका र कपिलवस्तु,शिवराज,महाराजगंज र कृष्णनगर नगरपालिकाले पालिकामा बिदा दिएका हुन । अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मूर्तिको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ ।
उनीहरूले अलग अलग सूचना जारी गर्दै उक्त दिन पालिकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द रहने जनाएका छन् । नेपाली चेली सीताको विवाह भगवान् रामसँग भएको नाताले आफूहरूले सो दिन स्थानीय बिदा दिइएको पालिका प्रमुखहरूको भनाइ छ । उक्त दिन पालिका भित्र रहेका राम मन्दिरमा पूजापाठसमेत कार्यक्रम गरिने उनीहरूको भनाइ छ ।
सोमबार अत्यावश्यक सेवाबाहेक गाउँ कार्यपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका सबै निकाय विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ । सोमबार गाउँपालिका क्षेत्रभित्र समेत विभिन्न मठ मन्दिरहरूमा सोही प्रकृतिका प्राण प्रतिष्ठा लगायतका कार्यक्रम रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।
अध्यक्ष यादवले सोमबार आ–आफ्नो घर तथा घर नजिकै रहेको राम जानकी मन्दिरहरूमा दीप प्रज्वलन गर्न अपिल गरेका छन् । साथै गाउँपालिका क्षेत्रभर कुनै पनि प्रकारको पशुपन्छी तथा जीवजन्तुको वध नगर्न तथा माछा, मासु एवं मदिराजन्य पदार्थ विक्री वितरण समेत नगर्न उनले अपिल गरेका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















