मुख्य समाचार

पश्चिम नवलपरासीका गरिब तथा विपन्न परिवारलाई न्यायो कपडा वितरण (तस्बिरहरु)

जगत ठाडा मगर
२०८० माघ ८ | बिहान ०८:१० बजे

नवलपरासी, माघ ८ । जिल्ला विपद् व्यवस्थापन समिति पश्चिम नवलपरासीद्वारा गरिब तथा विपन्न बर्गका परिवारहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

बढ्दो चिसो तथा शीतलहरलाई मध्यनजर गरी जिल्ला विपद् व्यवस्थापन समिति, नवलपरासी पश्चिमद्वारा जिल्ला भित्रका विभिन्न बस्तीहरूका १०७ गरिब, असहाय तथा विपन्न परिवारहरूलाई न्यायो कपडा वितरण गरिएको हो ।

उक्त कार्यक्रम अन्तर्गत रामग्राम नगरपालिकाका- १५, १६ र १७, पाल्हिनन्दन गाउँपालिकाका- १,२ र ३ का विपन्न, असहाय तथा गरिबहरूलाई न्यायो कपडा वितरण गरिएका हुन ।

त्यसैगरी, प्रतापपुर गाउँपालिका- ६ स्थित मुसहर बस्तीमै पुगी जिल्ला विपद व्यवस्थापन समितिले ३६ परिवारलाई प्रति परिवार १ थानको दरले न्यायो कपडा वितरण गरिएको छ ।

सो कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला रेडक्रसका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधिहरू, वडाध्यक्षज्यूहरू, समाजसेवीहरू लगायतको उपस्थिति रहेको थियो ।

photo 2024 01 22 08 43 06 photo 2024 01 22 08 43 10 photo 2024 01 22 08 43 12 photo 2024 01 22 08 43 15 photo 2024 01 22 08 43 16 photo 2024 01 22 08 43 18 photo 2024 01 22 08 43 20 photo 2024 01 22 08 43 22 photo 2024 01 22 08 43 24 photo 2024 01 22 08 43 27 photo 2024 01 22 08 43 29 photo 2024 01 22 08 43 31

कमेन्टहरु