प्रेस काउन्सिलले पत्रकारलाई ल्यापटप किन्न अनुदान दिने

नवलपुर टुडे


काठमाडौँ । प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने भएको छ । काउन्सिलले आइतबार जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ । अनुदान एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ ।
यसैगरी क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिन लागेको काउन्सिले १० जनालाई लेखनवृत्ति, ७ जनालाई सोधपत्र लेखनमा सघाउनेछ । यस्तै एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने काउन्सिलले जानाएको छ । काउन्सिलका अनुसार एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधानका लागि आवेदन दिन सकिनेछ । दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने भन्दै काउन्सिलले ३५ दिनभित्र आवेदन दिन सकिने जनाएको छ ।
काउन्सिलले मिडिया विकास कोषको स्वीकृत नीति एवम् बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















