बाँकेमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

जगत ठाडा मगर
२०८० माघ ६ | मध्यान्ह ०३:१० बजे

बाँके, माघ ६ । बाँकेमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका-५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
रावतले ती बालिकालाई पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्युसिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























