अपराध

नवलपरासीबाट लागुऔषधसहित रुपन्देहीका एक युवक पक्राउ

नवलपुर टुडे
२०८० माघ ४ | मध्यान्ह ०७:१० बजे

नवलपरासी, माघ ४ । पश्चिम नवलपरासीबाट लागुऔषधसहित रुपन्देहीका एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका- १२ बस्ने वर्ष २१ को धरमवीर केवट रहेको नवलपरासी प्रहरीले जानकारी दिएको छ ।

उनलाई बिहीवार अपरान्ह ४:३० बजेको समयमा रामग्राम नगरपालिका- ५ बाईपास चोकमा महेशपुरबाट परासीतर्फ पैदल आउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) बाट खटिगएको प्रहरी टोलीले शंका लागि रोकी चेकजाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटको दुबै खल्तीमा रितपुर्वक बरामद गरी नियन्त्रणमा लिईएको कार्यालयका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिएको छ ।

उनको साथबाट विभिन्न नाम उल्लेख गरिएको २१० एम्पुल लागुऔषध, ताम्बो कम्पनीको किप्याड फोन १ थान र infinix कम्पनीको screen touch मोबाईल १ थान फेलापारी रितपुर्वक बरामद गरी जिल्ला प्रहरी कार्यालय नवलपरासीको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको बोहराले जानकारी दिए ।

बरामद सामान

फोटो 1 scaled

कमेन्टहरु